![Pardafas.com](https://www.pardafas.com/wp-content/uploads/2022/06/pardafas-logo.png)
जुवातास खेलिरहेको अवस्थामा काठमाडौंबाट १२ जना पक्राउ
![clock](https://www.pardafas.com/wp-content/themes/pardafas/assets/img/clock-icon.png)
![जुवातास खेलिरहेको अवस्थामा काठमाडौंबाट १२ जना पक्राउ](https://www.pardafas.com/wp-content/uploads/2022/10/Juwa-2.jpg)
फाइल तस्बिर।
काठमाडौंको गोकर्णेश्वर नगरपालिका-६, नयाँबस्ती पहेँलो पुलनजिक ४० वर्षीया सन्चिमाया वाइबाको टिनको टहरामा जुवातास खेलिरहेको अवस्थामा वाइबासहित १२ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा प्रहरी वृत्त, बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५९ हजार ८५ रुपैयाँ र १६ थान कौडासहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रतिक्रिया