महिन्द्र राय महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री

डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीका नेता महिन्द्र राय यादव महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री बन्ने भएका छन्। प्रधानमन्त्री प्रचण्डले शुक्रबार गरेको मन्त्रिमण्डल विस्तारमा राय यादवले महिला मन्त्रालयको जिम्मेवारी पाएका हुन् ।

त्यस्तै सामान्य प्रशासनमन्त्रीमा माओवादी केन्द्रकै अमनलाल मोदीले निरन्तरता पाउने भएका छन्। प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेललाई पठाएको नामावलीमा मोदीको नाम सामान्य प्रशासनमै रहेको छ। यसअघि मोदीको मन्त्रालय परिवर्तन हुने चर्चा थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *