काठमाडौंमा चैत १७ देखि फ्लोरा एक्स्पो हुँदै
फ्लोरिकल्चर एशोसिएशन नेपालले चैत १७ गतेदेखि २० गतेसम्म २४ औं फ्लोरा एक्स्पो गर्ने भएको छ । सोमबार एशोसिएशनले पत्रकार सम्मेलन गर्दै चैत १७ गतेदेखि २० गतेसम्म २४ औं फ्लोरा एक्स्पो काठमाडौंको भृकुटीमण्डपमा आयोजना गर्न लागेको जानकारी दिएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै मेला संयोजक शिवबहादुर खड्काले पुष्प व्यवसायको विकास र विस्तार तथा प्रवर्दधन गर्ने उद्देश्यल २४ औं फ्लोरा एक्स्पोे गर्न लागिएको बताए । उनले पुष्प प्रदर्शनीले प्रत्यक्ष एवं परोक्ष रूपमा पुष्प व्यवसायको विकास र प्रवर्दधनमा महत्वपूर्ण योगदान गर्ने उद्देश्य रहेको बताए ।
उनले एक्स्पोमा ६२ वटा व्यावसायिक स्टल, ल्याण्डस्केपिङ ३ वटा, अफिसियल स्टल १०, प्रतियोगिता प्रदर्शनी ३ र २ वटा फुड स्टलसहति ८० स्टल रहने बताए । उनले मेलामा मौसमी फूल फुल्ने तथा नफुल्ने आलंकारिक बिरुवा, कट फ्लावर, सुनाखरी, कम्पोष्ट मल, फूलको गानो बीउबिजनलगायत बिक्री कक्षमा राखिने बताए । उनले प्रदर्शनीमा व्यवसायीहरूले उत्पादन गरेका बिरुवाबीच प्रतिस्पर्धा गराएर नगद पुस्कारले समेत पुरस्कृत गर्ने बताए ।
त्यस्तै एशोसिएशनका अध्यक्ष मीनबहादुर तामाङले अहिलेसम्म ४५ वटा स्टलहरू बुकिङ भएको बताए । उनले प्रदर्शनीमा सरकारको कुनै पनि सहयोग नभएकाले विगतको भन्दा स्टलमा ५ हजार रुपैयाँ वृद्धि गरिएको बताए । प्रदर्शनीमा प्रवेश गर्नका लागि विद्यार्थीहरूलाई एक सय र अन्यलाई १५० रुपैयाँ प्रवेश शुल्क तोकिएको बताए ।
प्रदर्शनीमा भारत, युरोप र चीनमा हेरक वर्ष उत्पादन भएका नयाँ प्रजातिका फूलका बिरुवाहरू आयात गरेर ल्याउने गरेको उनले बताए ।
प्रतिक्रिया