
बढुवा भएका उपरथी, सहायक रथी र महासेनानीले लगाए दर्ज्यानी चिह्न


नेपाली सेनामा उपरथी , सहायक रथी र महासेनानीमा बढुवा भएका तीन सैनिक अधिकृतले दर्ज्यानी चिह्न लगाएका छन्।
मन्त्रिपरिषदको चैत ६ गतेको निर्णयअनुसार उपरथीमा बढुवा भएका अरुण शर्मासहित एक सहायक रथी र एक महासेनानीले सोमबार दर्ज्यानी चिह्न लगाएका हुन्।
सैनिक मुख्यालय जंगी अड्डामा आयोजित एक कार्यक्रमबीच प्रधानसेनापति प्रभुराम शर्माले उनीहरूलाई दर्ज्यानी चिह्न लगाइदिएका हुन्।
बढुवा भएका उपरथी शर्मा सैनिक स्वास्थ्य महानिर्देशनालय (सैनिक मेडिकल कोर) को महानिर्देशकमा नियुक्त भएका छन्।
प्रतिक्रिया