पहिलो पटक इन्जिनियर लाइसेन्स परीक्षा, मन्त्री श्रेष्ठको निरीक्षण

इन्जिनियरिङ काउन्सिलले पहिलो पटक इन्जिनियर व्यवसायी दर्ता हुन लाइसेन्स परीक्षा लिन शुरू गरेको छ ।आइतबार पुल्चोक इन्जिनियरिङ क्याम्पसमा काउन्सिलले उत्तीर्ण भएकाहरूले व्यवसाय गर्न पहिलो पटक लाइसेन्स परीक्षा शुरू गरेको हो।

काउन्सिलले लिएको पहिलो परीक्षामा इन्जिनियरिङ उत्तीर्ण गरेर बसेका २ हजार ६ जना इन्जिनियर सहभागी छन् ।

नेपाल इन्जिनियरिङ काउन्सिलका रजिस्टार तथा सदस्यसचिव शिवमंगल गिरीले इन्जिनियर उत्तीर्ण भएकाहरूले इन्जिनियर व्यवसाय गर्न काउन्सिलमा दर्ता हुनुपर्ने भएकाले परीक्षा शुरू गरेको बताए।

उनले पहिलो पटक इन्जिनियरिङका २० वटा विधाको परीक्षा भइरहेको बताए। उनले इन्जिनियरको रूपमा काम गर्न इन्जिनियरिङ काउन्सिलले लिएको परीक्षामा उत्तीर्ण हुनुपर्ने बताए।

सदस्यसचिव गिरीले परीक्षामा उत्तीर्ण नहुनेले काउन्सिलको प्रमाणपत्र नपाउने भएकाले नेपालभर इन्जिनियरका रूपमा काम गर्न नपाउने बताए।

उनले विगतमा जसले इन्जिनियरको प्रमाणपत्र पाउनेहरूले पुनः काउन्सिलले लिने परीक्षा भने दिनु नपर्ने बताए।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले परीक्षाको निरीक्षण गरेका छन्। परीक्षा निरीक्षणपश्चात् सञ्चारकर्मीसँग कुरा गर्दै काउन्सिल लिन लागेको परीक्षा राम्रो भएको भन्दै आफू प्रभावित भएको उनले बताए।

उनले इन्जिनियर बन्न निष्पक्ष,गुणस्तरको ग्यारेन्टी गर्ने विधि प्रयोग भएको भन्दै इन्जिनियर भएर व्यवसाय गर्न परीक्षामा कसैको भनसुन नलाग्नेमा ढुक्क भएको बताए।

उनले काउन्सिलले लिने इन्जिनियर व्यवसाय गर्न परीक्षा प्रणालीले देशमा हुने निर्माणका कामहरूलाई उन्नत बनाउन सहयोग गर्ने विश्वास व्यक्त गरे।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *