नेपाली पात्रो र तोयनाथ पात्रोबीच सहकार्य

विगत १४ वर्षदेखि विश्वभर छरिएर रहेका नेपालीहरुबीच लोकप्रिय, नेपालको पहिलो कम्यूनिटी एप ‘नेपाली पात्रो’ र झण्डै डेढ शताब्दीदेखि पञ्चाङ्ग मार्फत सेवा गर्दै आएको नेपालको पहिलो आधिकारिक सर्वाधिक बिषयले सुसज्जित राष्ट्रिय पञ्चाङ्गबीच सहकार्यका लागि सम्झौता भएको छ।

तोयनाथ पञ्चाङ्ग विगत १३५ वर्षदेखि नेपालमा निरन्तर प्रकाशित हुँदै आएको सर्वाधिक विश्वासिलो पञ्चाङ्ग तथा सजिलो क्यालेण्डर हो। प्रविधिको विकाससँगै एण्ड्रोइड तथा आइफोन जस्ता स्मार्टफोनमा नेपाली प्रयोगकर्ताहरुले खोज्ने प्रमाणित पञ्चाङ्ग साइत, लग्न, चाडबाड तथा तिथि-मितिको विश्वस्नीय छापा संस्करण तोयनाथ पञ्चाङ्ग र नेपालीद्वारा नेपालीकै लागि तयार पारिएको मोबाइल एप्लिकेशन ‘नेपाली पात्रो’बीच सहकार्य भएको हो।

‘झण्डै डेढ शताब्दीदेखि निरन्तर वैदिक सनातन पञ्चाङ्गबारे ज्ञान र जानकारी समेटी नेपाली समाजलाई हाम्रो जरोकिलोको महत्त्व बुझाउन सफल तोयनाथ पञ्चाङ्गसंग विश्वभर छरिएर रहेका नेपाली सनातन पुस्तालाई ‘नेपाली पात्रो’ मार्फत् जोडने सौभाग्य प्राप्त भएकोमा उत्साहित छु। पुरानो पुस्ताको सटिक पञ्चाङ्ग गणितसंग आधूनिक पुस्ता जोडिन पाउनु आफैमा अद्भूत अनुभव हो। शताब्दीअघि वहाँहरुसंग उपलब्ध साधन, स्रोत तथा अध्ययनबाट हरेक दिनको सूर्योदय र सूर्यास्त होस् या यो दिन यति गते, यति बजेबाट सूर्य अथवा चन्द्र ग्रहण यो स्थानबाट देखिनेछ भन्ने पूर्वानुमानको सटिक नतिजा निकाल्ने हाम्रो आफ्नै मौलिक वैदिक सनातन विज्ञान कति अद्भूत छ भन्ने पुष्टि पनि गर्छ। यो सहकार्यले हाम्रो प्रयोगकर्तालाई क्यालेण्डरमा उपलब्ध शुद्ध र आधिकारिक जानकारीले लाभ दिनेछ,’ नेपाली पात्रोका प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार देवकोटाले भने।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *