
त्रिभुवन विश्वविद्यालयको बेथिति सुधारमा सरकार गम्भीर भएन : खिमलाल देवकोटा


राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले त्रिभुवन विश्वविद्यालयको बेथिति सुधारका लागि सरकार गम्भीर नबनेको आरोप लगाएका छन्।
बुधबार राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले त्रिभुवन विश्वविद्यालयको बेथिति र सुधारका लागि सुरु गरिएका प्रयासका चित्कारका समाचार, सम्पादकीय र उपकुलपतिको अन्तर्वार्तालगायतका समाचारहरू आए पनि सरकार गम्भीर नबनेको बताएका हुन्।
उनले शिक्षाको ८०-८५ विद्यार्थी अध्ययनरत विद्यालयको चित्कार नसुन्नु भनेको शिक्षा प्रणालीमाथिकै अपमान भएको जिकिर गरे। उनले त्रिभुवन विश्वविद्यालयलगायत उच्च शिक्षा सुधारको स्पष्ट कार्ययोजना ल्याउन सरकारसँग माग गरे ।
सांसद देवकोटाले पोखराको फेवातालमाथिको अतिक्रमणबारे सरकारले जवाफ नदिएको भन्दै फेवाताल संरक्षणको स्थायी समाधानको कार्ययोजना संसदमा पेस गर्न सरकारसँग आग्रह गरे। उनले फेवातालको आसपासको क्षेत्रमा दिनहुँ ३०-४० वटा डोजरहरू जग्गा प्लटिङ भइरहेको र सो क्षेत्रको सार्वजनिक जग्गा ९ सय जना व्यक्तिको नाममा नामसरी गरिएको पुण्य पौडेलको अध्यक्षतामा गठित प्रतिवेदनमा उल्लेख भएकाले सो प्रतिवेदन सार्वजनिक गर्न सरकारस्ँग माग गरे।
- सामूहिक भावना र एकताका साथ राष्ट्र र नागरिक सेवामा समर्पित हुन जरूरी : प्रहरी महानिरीक्षक थापा
- तनहुँमा ६ आधारभूत स्वास्थ्य केन्द्र निर्माणका लागि मन्त्रालयले पठायो बजेट
- यी हुन् सशस्त्र प्रहरी महानिरीक्षक कप अन्तर्गत मंगलबार सम्पन्न खेल
- सल्लाह गरेरै डण्डि र सिमेन्ट व्यवसायीहरुले निर्माण व्यवसायमा सिन्डिकेट लगाउन खोजे : रवि सिंह
प्रतिक्रिया