
उपराष्ट्रपति यादवलाई भारतीय समकक्षी धनखरको बधाई

उपराष्ट्रपति रामसहायप्रसाद यादवलाई भारतीय समकक्षी जगदीप धनखरले बधाई दिएका छन्।
सोमबार शपथ लिएका उपराष्ट्रपति यादवलाई नेपालको उपराष्ट्रपतिको पदभार ग्रहण गरेकोमा धनखरले सामाजिक सञ्जाल ट्विटरमार्फत बधाई दिएका हुन्।
धनखरले अद्वितीय र बहुआयामिक भारत-नेपाल सम्बन्धलाई अझ सुदृढ गर्न र दुई देशका जनताहरूबीचको मित्रताको बन्धनलाई अझ प्रगाढ बनाउन यादवसँग काम गर्न तत्पर रहेको बताएका छन्।
Heartiest congratulations @Ramsahay_YadavG on assuming office of the Vice President of Nepal. Look forward to working with you in further strengthening the unique & multifaceted India-Nepal relationship & deepening the bonds of friendship between our peoples.@MEAIndia @PMOIndia
— Vice President of India (@VPIndia) March 20, 2023
प्रतिक्रिया