
सभामुखले पत्रकारबारे दिएको अभिव्यक्तिमा आत्मालोचना गर्नुपर्छ : विश्वप्रकाश शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सभामुख देवराज घिमिरेले पत्रकारहरूमाथि गरेको टिप्पणीप्रति आत्मआलोचना गर्नुपर्ने बताएका छन्।
आइतबार प्रतिनिधि सभा बैठकपछि बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै महामन्त्री शर्माले सभामुख घिमिरेले पत्रकारहरूको बारेमा गरेको टिप्पणीप्रति आफूहरूको विमति रहेको बताए।
सभामुखले पत्रकारहरूका विषयमा गरेको टिप्पणी समाजको सामुन्नेमा गम्भीर ‘नोटिस’ मा रहेको उनले बताए। उनले राज्यको चौथो अंगको रूपमा रहेको पत्रकारिता क्षेत्र देशमा लोकतान्त्रिक रूपान्तरणका लागि आफैं संलग्न भएको भन्दै त्यस क्षेत्रप्रतिको टिप्पणी आलोच्य भएको बताए।
फकर प्रसंगमा उनले वर्तमान सत्तारूढ गठबन्धन पाँचै वर्ष जाने बताए।
प्रतिक्रिया