
संक्रमणकालीन न्यायसम्बन्धी विधेयक संसदमा पेस

बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन र सत्य निरूपण तथा मेलमिलाप आयोग तेस्रो संशोधन विधेयक, २०७९ प्रतिनिधि सभामा पेस भएको छ।
कानूनमन्त्रीसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को तर्फबाट सञ्चारमन्त्री रेखा शर्माले आज प्रतिनिधि सभामा विधेयक प्रस्तुत गरेकी हुन्।
सरकारले शान्ति प्रक्रियाका बाँकी काम टुंगोमा पु¥याउन यी संशोधन विधेयक पेश गरेको छ।
प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रधानमन्त्री उपस्थित भए पनि मन्त्रीलाई विधेयक पेश गर्न लगाइएकोमा विरोध गरेको थियो।
सरकारले संवैधानिक परिषदसम्बन्धी विधेयक पनि प्रतिनिधि सभामा पेस गरेको छ।
प्रतिक्रिया