राष्ट्रिय शहीदहरूको नामावली राजपत्रमा प्रकाशित (सूचीसहित)

मन्त्रिपरिषद् बैठकले निर्णय गरेअनुरूप सशस्त्र संघर्ष र क्रान्तिका क्रममा सहादत प्राप्त गर्ने शहीदहरूको नामावली नेपाल राजपत्रमा प्रकाशित भएको छ ।

गत फागुन १५ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले जनयुद्धदेखि विस्तृत शान्ति सम्झौताको अवधिसम्म शहीद भएकाको नामावली राजपत्रमा प्रकाशित गरी राष्ट्रिय शहीदको मान्यता दिने निर्णय गरेको थियो ।

मन्त्रिपरिषद्को निर्णयपछि गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयमा पत्र पठाई शहीदहरूको अभिलेख माग गरेको थियो । ७७ जिल्लाबाट प्राप्त सोही अभिलेखका आधारमा शहीदहरूको नामावली राजपत्रमा प्रकाशित भएको प्रधानमन्त्री दाहालका प्रेस विज्ञ मनहरि तिमिल्सिनाले जानकारी दिए ।

जनयुद्धका शहीदहरूले राष्ट्रिय शहीदको मान्यता पाउनुपर्ने माग बारम्बार उठ्दै आएको भए पनि उनीहरूले राष्ट्रिय शहीदको मान्यता पाउन सकेका थिएनन् । यससँगै जनयुद्धकालमा राज्य र विद्रोही पक्षबाट ज्यान गुमाएका नागरिकले राष्ट्रिय शहीदको मान्यता पाएका छन् । राष्ट्रिय शहीदका परिवारले यसअघि शहीद घोषणा भई राज्यबाट परिपूरण र सम्मानस्वरूप प्राप्त गरेको सुविधाअनुरूप नै क्षतिपूर्ति, परिपूरण र सम्मान पाउनेछन् ।

हेर्नुहाेस् सूची :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *