एमाले निकट अनेरास्ववियुमा विद्यार्थीका एजेण्डा छैनन् : अध्यक्ष पराजुली

नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियूले स्ववियु निर्वाचन २०७९ को प्रतिवद्धतापत्र सार्वजनिक गरेको छ । बुधवार काठमाडौंमा एक कार्यक्रम गर्दै अनेरास्ववियूले स्ववियु निर्वाचन २०७९ को प्रतिवद्धतापत्र सार्वजनिक गरेको हो । पत्रकार सम्मेलनमा बोल्दै अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले स्ववियु निर्वाचनमा पार्टीको नाम लेखेर भोट माग्नु गलत भएको बताए ।

उनले नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले पार्टीको नाम र चिन्ह देखाएर स्ववियु निर्वाचनमा भोट मागेकोप्रति आपत्ति जनाए । उनले विश्वविद्यालयलाई राजनीतिबाट मुक्त गर्नुपर्ने भन्दै स्ववियु निर्वाचनलाई पार्टीको निर्वाचन नबनाउन आग्रह गरे । उनले नेकपा एमालेको विद्यार्थी संगठनमा विद्यार्थीको एजेण्डा नै सकिएको आरोप लगाए ।

उनले भने, ‘आज स्ववियु निर्वाचनमा पार्टीको नाम लेखेर कुनै पार्टीको अमुक नाम लेखेर स्ववियुको निर्वाचनमा साथीहरु लडिरहनुभएको छ । यो समुदायको अधिकार संरक्षण गर्ने हुनुपर्दथ्यो । कुनै पार्टीको निर्वाचन चिन्ह लिएर साथीहरु आउनुभएको छ । यो विश्वविद्यालयलाई पार्टीको राजनीतिबाट मुक्त गरौँ । विद्यार्थीको निर्वाचनलाई पार्टीसँग किन जोड्नुभएको छ । स्ववियु निर्वाचनलाई पार्टीकरण नगर्न आग्रह गर्छु । पार्टीको निर्वाचन नबनाऔँ, विद्यार्थीको नेतृत्व हाँक्न सक्ने स्ववियु निर्वाचन बनाऔँ । साथीहरु नेकपा एमालेका ट्याग लिएर आउनुभएको छ । विद्यार्थीको मुद्दा सकियो, त्यसपछि पार्टीको नाममा भोट माग्ने प्रयास भइरहेको छ ।’

पराजुली नेतृत्वको अनेरास्ववियूले स्ववियु निर्वाचन २०७९ को प्रतिवद्धतापत्र सार्वजनिक गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *