संवत बस्नेतलाई जगदम्बा स्टील्सको ‘शंकरलाल गोल्ड मेडल अवार्ड’

जगदम्बा स्टील्स लिमिटेडले संवत बस्नेतलाई उनको शैक्षिक उत्कृष्टताका लागि प्रतिष्ठित ‘श्री शंकरलाल गोल्ड मेडल अवार्ड-२०७९’ प्रदान गरेको छ । इन्जिनियरिङ अध्ययन संस्थानको ५७औं वार्षिक उत्सवको अवसरमा सोमबार थापाथली क्याम्पसमा आयोजित कार्यक्रममा बस्नेतलाई प्रदान गरिएको उक्त पुरस्कारमा पदक, प्रमाणपत्र र नगद ५१ हजार रुपैयाँ समावेश छ ।

कार्यक्रममा उपस्थित प्रमुख अतिथि त्रिभुवन विश्वविद्यालयको इन्जिनियरिङ शाखाका डीन, विद्यावारिधी, प्रो. शशिधरराम जोशी, थापाथली क्याम्पसका कार्यकारी क्याम्पस प्रमुख डा. खेम ज्ञवाली र जगदम्बा स्टील्स लिमिटेडका सञ्चालन तथा बजार निर्देशक रविप्रकाशले बस्नेतलाई उक्त पुरस्कार प्रदान गरेका हुन् ।

यो अवार्डको नाम नेपालका प्रख्यात उद्यमी तथा जगदम्बा स्टील्स लिमिटेडका संस्थापक शंकरलाल अग्रवालको नाममा राखिएको हो । सन् १९८० को दशकबाट उद्यमशीलताको यात्रा सुरु गरेका अग्रवाल नेपालको नामी उद्योगीकासाथै परोपकारी कार्यका लागि पनि उत्तिकै परिचित छन् ।

जगदम्बा स्टील्स लिमिटेडले यस्ता कार्यक्रम र पुरस्कारहरूले विद्यार्थीलाई समाजमा अर्थपूर्ण योगदान गर्न प्रेरित गर्ने विश्वास लिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर