नेपालका अनुगमनकारी इकाइहरू कमजोर भए : पूर्वमन्त्री शाह

पूर्वमन्त्री गणेश शाहले उपभोक्ता सचेतनाका लागि अनुगमनकारी निकायको सबलीकरण  आवश्यक रहेको बताएका छन्। सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले नेपालका अनुगमन कार्य इकाइहरू कमजोर भएको महसुस भइरहेको बताए। उनले उपभोक्ता सचेतनाको पनि अनुगमनकारी निकायको सबलीकरण र प्रभावकारी बनाउन आवश्यक रहेको बताए। पूर्वमन्त्री शाहले अनुगमन र निरीक्षणको विस्तार एवं प्रभावकारी कार्यान्वयनका लागि आवश्यक नीत, नियम बनाएर अघि बढ्न जरुरी रहेको बताए।

त्यस्तै उपभोक्ता अधिकारवादी ज्योति बानियाँले डिजिटल माध्यमहरूलाई समयानुकूल बनाउँदै लैजानुपर्नै बताए। उनले सेवाको गुणस्तरलाई विस्तार गर्दै लैजान आवश्यक रहेको बताए।

उनले इन्टरनेट सेवाको चुस्तता कमजोर रहेकाले त्यसमा विचार गर्नुपर्ने आवश्यकता औंल्याए। उनले टेक्नोलोजीमा मर्काको विरुद्ध उजुरी विकट स्थानका नागरिकहरूले संघीयताअनुसार नै दर्ता गर्न पाउनका लागि कानून संशोधन गर्नुपर्ने बताए।

कार्यक्रममा नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक अर्जुन घिमिरेले नयाँ प्रविधिमार्फत सेवाहरू पनि प्रवाह गर्न दूरसञ्चार प्राधिकरणले आफ्नो भूमिका खेलिरहेको बताए। उनले प्राधिकरणले उपभोक्ताको अधिकारको सवालमा सक्दो काम गर्दै आएको बताए।

निर्देशक घिमिरेले प्राधिकरणले उपभोक्ताहरूलाई सुसूचित गराउने, शिक्षित बनाउने, छनोटको अधिकार दिलाउने कामहरू गर्दै आएको बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर