
ओखलढुंगाबाट काठमाडौं आउँदै गरेको बस सिन्धुलीमा दुर्घटना, ५ जनाको मृत्यु, १९ घाइते

ओखलढुंगाको रुम्जाटारबाट काठमाडौं आउँदै गरेको बस सिन्धुलीको फिक्कल गाउँपालिका–४, कुइभिरमा दुर्घटना भएको छ। दुर्घटनामा ५ जनाको मृत्यु भएको जानकारी प्राप्त भएको ओखलढुंगाकी प्रमुख जिल्ला अधिकारी प्रदर्शनी कुमारीले जानकारी दिइन्। यस्तै १९ जना घाइते भएका छन्।
बा२ ख६५९६ नम्बरको बस बिहान ९ः१५ बजे दुर्घटना भएको हो। दुर्घटनास्थलमा ओखलढुंगा र सिन्धुली दुवै जिल्लाबाट सुरक्षाकर्मी परिचालन भएको र घाइतेहरूलाई उद्धार गरेर अस्पताल पुर्याउने क्रम जारी रहेको सीडीओ कुमारीले बताइन्। बसमा २९ जना यात्रु सवार रहेकाे जनाइएकाे छ।
आधिकारिक विवरण फरक परेकाले शीर्षक र समाचार सच्याइएको। -सम्पादक
- सामूहिक भावना र एकताका साथ राष्ट्र र नागरिक सेवामा समर्पित हुन जरूरी : प्रहरी महानिरीक्षक थापा
- तनहुँमा ६ आधारभूत स्वास्थ्य केन्द्र निर्माणका लागि मन्त्रालयले पठायो बजेट
- यी हुन् सशस्त्र प्रहरी महानिरीक्षक कप अन्तर्गत मंगलबार सम्पन्न खेल
- सल्लाह गरेरै डण्डि र सिमेन्ट व्यवसायीहरुले निर्माण व्यवसायमा सिन्डिकेट लगाउन खोजे : रवि सिंह
प्रतिक्रिया