साना चार कम्युनिष्ट पार्टीको संयुक्त मोर्चा घोषणा

साना चार कम्युनिष्ट पार्टीहरुले संयुक्त मोर्चाको घोषणा गरेका छन् । शुक्रवार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै चार साना कम्युनिष्ट पार्टीहरुले संयुक्त मोर्चाको घोषणा गरेका हुन् ।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, विश्वभक्त दुलाल नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपाल र कर्णजित बुढाथोकी सुशिल नेतृत्वको नेकपा माओवादी समाजवादी पार्टीले संयुक्त मोर्चाको घोषणा गरेका हुन् । मोर्चाको नाम समाजवादी, देशभक्त मोर्चा हुने बताइएको छ ।

नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवले मोर्चाले साम्राज्यवादी अतिक्रमण र हस्तक्षेपको विरुद्धमा स्वाधिनताको नेतृत्व गर्ने बताए । उनले देश गोलचक्करमा फसिरहेको भन्दै देशलाई अग्रमनको मार्गमा लाने प्रयत्न गरिने बताए ।

मोर्चाले केन्द्रीय समिति बनाउने र केन्द्रिय समितिमा अध्यक्ष मण्डल रहने जनाइएको छ । अध्यक्ष मण्डलले अध्यक्ष तोक्ने र अध्यक्षको कार्यकाल एक वर्षको हुने नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माले जानकारी दिए । उनका अनुसार मोर्चाको केन्द्रिय, प्रदेश र जिल्ला संगठन हुनेछ । केन्द्रिय समितिमा १५देखि २१ जनासम्म र जिल्लामा ११ देखि १५ जनासम्म रहने उहाँले बताए ।

मोर्चाले राष्ट्रिय स्वाधिनता सम्बन्धी, वैज्ञानिक समाजवाद तथा जनवाद सम्बन्धी, जनजीविका सम्बन्धी र विभिन्न संघर्षका कार्यक्रम गर्ने उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *