उपराष्ट्रपति निर्वाचन-२०७९
रञ्जिता श्रेष्ठ उपराष्ट्रपतिको उम्मेदवार हुन अयोग्य
२६ फागुन २०७९ १३:२२
नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष तथा सांसद रञ्जिता श्रेष्ठ उपराष्ट्रपतिको उम्मेदवार हुन अयोग्य देखिएकी छन्। ताेकिएकाे उमेर नपुगेका कारण उनी उपराष्ट्रपतिको उम्मेदवार हुन नसक्ने देखिएकाे हो।
नेपालको संविधान, २०७२ अनुसार राष्ट्रपति र उपराष्ट्रपतिको उम्मेदवार बन्न ४५ वर्ष उमेर पूरा भएको हुनुपर्छ। तर, संसद् सचिवालयका अनुसार रञ्जिताको उमेर ४० वर्ष मात्र छ।
नागरिक उन्मुक्ति पार्टीको शुक्रबार बिहान बसेको संसदीय दलको बैठकले श्रेष्ठलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको थियो।
प्रतिक्रिया