
राष्ट्रपति निर्वाचन-२०७९
रामचन्द्र पौडेललाई भोट हाल्ने रास्वपाको निर्णय

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई मत दिने भएको छ।
बिहीबार बसेको बैठकले लोकतन्त्रलाई बलियो बनाउने, व्यवस्थालाई रक्षा गर्ने र संविधानले परिकल्पना गरेको नेपाली समाज रूपान्तरण गर्न भूमिका निर्वाह गर्ने व्यक्तिलाई मत दिने निर्णय गरेको रास्वपाका एक नेताले जानकारी दिए।
नेताहरूका अनुसार बैठकमा पछिल्लो समय राष्ट्रपतिको भूमिकाबारे समेत समीक्षा भएको थियो। र, औपचारिक निर्णय नभएपनि पौडेललाई मत दिन सबै सहमत भएका छन्।
प्रतिक्रिया