राजनीतिक परिवर्तनका हरेक आन्दोलनमा महिलाको भूमिका निर्णायक : माधव नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशको राजनीतिक परिवर्तनका हरेक आन्दोलनमा महिलाको निर्णायक सहभागिता रहेको बताएका छन्। ११३औँ अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा आज शुभकामना व्यक्त गर्दै उनले महिला सशक्तिकरणलाई अझै प्रभावकारी तुल्याउनुपर्नेमा जोड दिएका छन्।

मुलुकको राजनीतिक परिवर्तनका हरेक आन्दोनमा महिलाहरुको निर्णायक सहभागिता र नेतृत्व रहदै आएको बताउँदै अध्यक्ष नेपालले महिला सहभागिता र प्रतिनिधत्व सुनिश्चित गर्न संविधान र कानूनमार्फत आधारभूत व्यवस्थाहरु गरी त्यसलाई अभ्यासमा ल्याइएको बताए। ‘फलतः मुलुकका तीनै तहका सरकार, संसद र नीति निर्माण तहमा महिलाको प्रतिनिधित्व वृद्धि हुनका साथै महिला सशक्तिकरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको छ,’ अध्यक्ष नेपालद्वारा प्रकाशित विज्ञप्तिमा उल्लेख गरिएको छ।

पछिला दिनमा विभिन्न रुपमा महिलाहरु आर्थिक, सामाजिक शोषण र भेदभावपूर्ण व्यवहारको सिकार भैरहेका बताउँदै उनले विभिन्न कुरीतिहरुलाई हटाएर सम्मानपूर्ण संस्कृतिको विकास गरी समान अधिकार स्थापित गर्न महिला दिवसले थप प्रेरणा प्रदान गर्ने विश्वास समेत व्यक्त गरेका छन्।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर