घट्यो सुन-चाँदीको भाउ

बुधबार छापावाला सुन प्रतितोला एक हजार रुपैयाँले घटेको छ। मंगलबार एक लाख दुई हजार पाँच सय रुपैयाँले कारोबार भएको सुन बधबार एक लाख एक हजार पाँच सय रुपैयाँले कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

संघका अनुसार आज चाँदीको मूल्य पनि प्रतितोला ४० रुपैयाँले घटेको छ। मंगलबार प्रतितोला एक हजार दुई सय ६५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार प्रतितोला एक हजार दुई सय २५ रुपैयाँमा कारोबार भइरहेको छ।

आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १८ सय १० अमेरिकी डलर छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर