ओखलढुंगामा बोलेरो दुर्घटना : २ को मृत्यु, ११ घाइते, गम्भीर ९ लाई काठमाडौं ल्याइयो

ओखलढुंगामा आइतबार बिहान बोलेरो जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। चिशंखुगढी गाउँपालिकाका ५२ वर्षीय मीनबहादुर श्रेष्ठ र ७० वर्षीय भक्तबहादुर थापाको ज्यान गएको हो।

दुर्घटनामा ११ जना घाइते भएका छन्। घाइतेमध्ये ९ जनाको अवस्था गम्भीर रहेकाले उनीहरूलाई हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको छ। २ जनाको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर देवेन्द्र दासले जानकारी दिए।

आइतबार बिहान चिशंखुगढी गाँउपालिकादेखि ओखलढुंगा सदरमुकाम जाँदै गरेको ना १ ज ८४७३ नम्बरको बोलेरो जीप वडा नं. ३ दियालेको राहुटार नजिकै दुर्घटना भएको हो। बोलेरो जीपमा चालकसहित १३ जना सवार थिए।

दुर्घटनामा परी गम्भीर घाइते भएका तीर्थलक्ष्मी थापा, शर्मिला श्रेष्ठ, खेम अधिकारी, तुलसादेवी कट्टेल, आयुषा श्रेष्ठ , केन्द्र कार्की, लडिसा श्रेष्ठ, तिलककुमारी श्रेष्ठ र चालक सुमन कार्कीलाई काठमाडौं ल्याइएको हो। दुर्घटनामा परेका दुई जना नाबालाकको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

जीप सडकदेखि करिब २ सय मिटर तल खसेको स्थानीयले बताएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर