भक्तपुरमा नाबालिक बहिनीसँग यौनजन्य गतिविधि गर्ने दिदी पक्राउ

भक्तपुरमा आफ्नी नाबालिक बहिनीसँग यौनजन्य गतिविधि गरेको आरोपमा दिदी पक्राउ परेकी छन्। जिल्ला प्रहरी परिसर, भक्तपुरका डीएसपी कुमारप्रसाद मैनालीले बाल यौन दुरुपयोग आरोपमा भक्तपुर निवासी एक २१ वर्षकी युवतीलाई पक्राउ गरिएको जानकारी दिए।

प्रहरीले पक्राउ परेकी युवतीको परिचय गाेप्य राखेर थप अनुसन्धान गरिरहेकाे जनाएकाे छ। डीएसपी मैनालीका अनुसार प्रारम्भिक अनुसन्धानबाट ती युवतीले आफ्नी नाबालिक बहिनीसँग यौनजन्य गतिविधि गर्ने र सोको भिडियोसमेत खिचेर आफ्नो पुरुष साथीलाई जी-मेलमार्फत पठाउने गरेको खुलेको छ।

गत जेठ ६ गते अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) को बालबालिकाविरुद्धको अपराध इकाइबाट एक बालिकालाई बाल यौन दुरुपयोग गरेको सम्बन्धी सूचना नेपाल प्रहरीको इन्टरपोल शाखाले प्राप्त गरेको थियो। घटनाको साइबर ब्यूरोले प्रारम्भिक अनुसन्धान गरेको थियो र थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर, भक्तपुरलाई गत पुस २० गते जिम्मेवारी प्राप्त भएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *