
फेवातालमा डुंगा पल्टिँदा फसेका १० जनाको सशस्त्र प्रहरीले गर्याे उद्धार


पोखरास्थित फेवातालमा शनिबार दिउँसो डुंगा दुर्घटना भएको छ। पोखरा महानगरपालिका-६ स्थित फेवातालमा डुंगा दुर्घटनामा परेका १० जनाको सशस्त्र प्रहरीले उद्धार गरेको छ।
दिउँसो ४ बजे आएको हावाहुरीले दुइटा डुंगा र चार वटा कायाक (एक जना मात्र बस्न मिल्ने) पल्टिएको थियो। त्यसमा रहेका १० जना व्यक्ति तालमा डुबेका थिए।
उक्त दुर्घटनालगत्तै फेवाताल रेस्क्यु टावरमा रहेका सशस्त्र प्रहरी बलको गोताखोरसहितको टोलीले उनीहरूको उद्धार गरेको हो।
दुइटा डुंगामा ६ जना र चार वटा कायाकमा एक/एक जना थिए। उद्धार गरिएकामध्ये ९ जना सकुशल छन्। दुर्घटनामा परेकामध्ये एक जना घाइते भएको जनाइएको छ।
- सामूहिक भावना र एकताका साथ राष्ट्र र नागरिक सेवामा समर्पित हुन जरूरी : प्रहरी महानिरीक्षक थापा
- तनहुँमा ६ आधारभूत स्वास्थ्य केन्द्र निर्माणका लागि मन्त्रालयले पठायो बजेट
- यी हुन् सशस्त्र प्रहरी महानिरीक्षक कप अन्तर्गत मंगलबार सम्पन्न खेल
- सल्लाह गरेरै डण्डि र सिमेन्ट व्यवसायीहरुले निर्माण व्यवसायमा सिन्डिकेट लगाउन खोजे : रवि सिंह
प्रतिक्रिया