भारतको अनुदानमा निर्मित मदन भण्डारी मेमोरियल कलेजको भवन उद्घाटन

मदन भण्डारी मेमोरियल कलेजको भवन उद्घाटन गरिएको छ । वि.सं. २०६३ मा शिलान्यास गरी २०६६ सालमा निर्माण सम्पन्न भएको काठमाडौंको अनामनगरस्थित भवनको आज पूर्वमन्त्री महेन्द्रबहादुर पाण्डे र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

भारत सरकारको अनुदानमा निर्मित भवन उद्घाटन कार्यक्रममा पूर्वमन्त्री पाण्डेले नेपाल र भारतबीचको मैत्रीपूर्ण सम्बन्ध रहेको र यस्ता सहयोगले झनै दुई देशबीचको सम्बन्धलाई प्रगाढ बनाउने विश्वास व्यक्त गरे । उनले नेपालका लागि भारत सरकारले धेरै सहयोग गर्दै आइरहेको उल्लेख गर्दै थप सहयोगको अपेक्षा गरेको बताए ।

त्यस्तै नेपालका लागि भरतीय राजदुत नविन श्रीवास्तवले नेपालको शिक्षा, स्वास्थ्य, पूर्वाधार लगायतका क्षेत्रमा भारत सरकारबाट धेरै सहयोग भइरहेको उल्लेख गर्दै यस्ता सहयोगले दुई देशबीचको सम्बन्ध थप बिस्तार हुने बताए ।

उनले हरेक वर्ष नेपालबाट भारतमा अध्ययनको लागि जाने विद्यार्थीहरुलाई भारत सरकारले छात्रवृत्ति उपलब्ध गराउँदै आएको बताए । भारत सरकारले शिक्षामा गरेको सहयोगले नेपाली विद्यार्थीहरुलाई अध्ययनका लागि थप राहत हुने विश्वास व्यक्त गरे ।

मदन भण्डारी मेमोरियल कलेजको तीन तलाको भवनमा ३० कोठा रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर