रास्वपाले सरकारलाई दिएको समर्थन कायमै राख्ने, राष्ट्रपतिमा भने अनिर्णीत
१५ फागुन २०७९ १३:५०
राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन कायमै राख्ने भएको छ । सोमबार पार्टी केन्द्री कार्यालय बसुन्धारामा बसेको पार्टीको केन्द्रीय कमिटीको बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकले उपयुक्त समय नआउन्जेलसम्मका लागि सरकारलाई दिएको समर्थन यथावत राख्ने निर्णय भएको पार्टीका सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीले बताए ।
उनले बैठकले राष्ट्रपति निर्वाचनका लागि नेकपा एमाले र नेपाली कांग्रेस दुवै दलले सहयोग मागेपनि अहिलेसम्म पार्टीले कसलाई समर्थन गर्ने भन्ने बारेमा कुनै निर्णय लिइ नसकेको स्पष्ट पारे ।
सहमहामन्त्री बुर्लाकोटीले बैठकमा पछिल्ला राजनीतिक घटनाक्रमबारे पार्टी सभापति रवि लामिछानेले ब्रिफिङ गरेको बताए ।
प्रतिक्रिया