चितुवाको हड्डीसहित डडेल्धुरामा दुई जना पक्राउ

डडेल्धुराको अमरगढी नगरपालिका-५ बागबजारबाट चितुवाको हड्डी ४ किलोसहित २ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा बाजुराको बूढीगंगा नगरपालिका-१० बस्ने २६ वर्षीय राजेन्द्र जैसी र खप्तडछेडेदह गाउँपालिका-७ बस्ने २७ वर्षीय वीरबहादुर वली रहेका छन्।

सुदूरपश्चिम प्रदेश अनुसन्धान ब्यूरो र जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त वस्तुसहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *