
चितवनमा हात्तीको आक्रमणबाट इजरायली नागरिकको मृत्यु


फाइल तस्बिर ।
चितवनकाे रत्ननगर नगरपालिका–६ हात्तीसार नजिक जङ्गली हात्ती गोविन्देको आक्रणबाट इजरायली नागरिकको मृत्यु भएको छ । मृत्यु हुनेमा ३० वर्षीय स्यामुएल बोइकानार रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
ढुङ्ग्रे खोला छेउमा हात्तीले आक्रमण गरेको हो । घटना आज दिउँसो १२ः२० बजेको हो । योसँगै चालु आवमा जङ्गली जनावरको आक्रमणबाट छ जनाको मृत्यु भएको छ । बाघको आक्रमणबाट एक, हात्तीको आक्रमणबाट दुई र गैँडाको आक्रमणबाट तीनको मृत्यु भएको निकुञ्जले जनाएको छ ।
- एमालेले भन्यो- सम्बन्धित पक्षसँग छलफल गरी पाथीभरा केबलकार निर्माण अघि बढाउनुपर्छ
- एनआरएनको अधिवेशन गराउन परराष्ट्र मन्त्रालयले तोक्यो कर्मचारी
- एमालले जन वर्गीय संगठनको केन्द्रिय पदाधिकारीको संख्या ९ मा सिमित गर्ने
- सय रुपैयाँको रिचार्ज किन्दा ५० पैसा बीमा कोषमा जाने व्यवस्था गर्नुपर्छ : स्वास्थ्यमन्त्री पौडेल
प्रतिक्रिया