कृषि विकास बैंकको अध्यक्षमा पुडासैनी

कृषि विकास बैंकको अध्यक्षमा रामशरण पुडासैनी नियुक्त भएका छन्। बुधबार बसेको बैंक सञ्चालक समितिको बैठकले पूर्वराजस्व सचिव भइसकेका पुडासैनीलाई अध्यक्षमा नियुक्त गरेको हो।

उनी यसअघि बैंकको सञ्चालक समिति सदस्यका रूपमा रहेका थिए। अर्थ मन्त्रालय र सम्बद्ध निकायमा ३३ वर्ष काम गरेका पुडासैनी गत साउन २४ गते सेवा निवृत्त भएका थिए। वि.सं. २०४५ असार २० गते निजामती सेवामा प्रवेश गरी २५ वर्ष अर्थ मन्त्रालयमा कार्यरत थिए। पुडासैनीसँग विश्व बैंक र एशियाली विकास बैंकमा बसेर काम गरेको अनुभव छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *