कृषि अनुदानका लागि नक्कली किसान खडा गर्नेमाथि कारबाही माग

नेपाली कांग्रेसका सांसद शंकर भण्डारीले कृषि अनुदानका लागि नक्कली किसान खडा गर्नेमाथि कारबाही गर्न सरकारसँग माग गरेका छन्। सांसद भण्डारीले उत्पादनको आधारमा कृषि अनुदान दिने व्यवस्था मिलाउन पनि सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्।

बुधबार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद भण्डारीले किसानलाई बेलैमा मल, बीउ र सिँचाइको आवश्यक व्यवस्था मिलाउने काममा कसले अवरोध पुर्‍यायो भनी सरकारलाई प्रश्न गरे। उनले बिचौलियाले असाधारण नाफा कमाउने तर उपभोक्ताहरू मारमा पर्ने गरी कृषि अनाजहरूको खरिद गर्नुपर्ने अवस्थाको अन्त्य गर्न पनि सरकारलाई सुझाव दिए।

सांसद भण्डारीले कृषिमा आवश्यक अनुदानको व्यवस्था नहुँदा हाम्रा उत्पादनहरू महँगो पर्न गएको उल्लेख गर्दै सस्तोमा उत्पादन हुने गरी नीतिगत व्यवस्था मिलाउन पनि सरकारलाई दबाब दिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर