सरकार संसद्प्रति जवाफदेही बनोस् : दीपक गिरी

नेपाली कांग्रेसका सांसद दीपक गिरीले दाङस्थित लमही-घारोही-तुलसीपुर सडकखण्डको निर्माण कार्यमा ढिलाइ भइरहेकोमा आपत्ति जनाएका छन् । चार वर्षदेखि बनाउन सुरु गरिएको सो सडकखण्डमा दुर्घटनामा परी करिब २२ जनाले ज्यान गुमाउँदा पनि त्यसको निर्माण कार्य सम्पन्न गर्न सरकारले चासो नदिएको भन्दै उनले आक्रोश व्यक्त गरेका हुन् ।

बुधबार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद गिरीले सो सडकखण्डको निर्माण कार्य ढिलाइ हुनुको कारणबारे संसद्लाई जानकारी गराउन पनि सरकारसँग माग गरे । उनले ३० महिनामा सम्पन्न गर्ने सम्झौतासहित सुरु गरिएको सो सडकखण्डको निर्माण कार्य ३ पटक म्याद थप गर्दा पनि ९ दशमलव ९ प्रतिशत मात्रै निर्माण भएको उल्लेख गर्दै यस्तो लाजमर्दो अवस्था आउन नदिन नेपाल सरकार र सम्बन्धित निकाय गम्भीर बन्नुपर्ने पनि बताए ।

सांसद गिरीले सरकारले सांसदहरूले संसदको विशेष समय र शुन्य समयमा उठाएर प्रश्नको उचित जवाफ हालसम्म नदिएको बताए । सांसद गिरीले सरकारलाई संसद्प्रति जवाफदेही हुन पनि आग्रह गरे ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर