राष्ट्रपति भण्डारीले गरिन् हेटौंडा अस्पतालको नवनिर्मित भवन उद्घाटन

राष्ट्रपति विद्यादेवी भण्डारीले बागमती प्रदेशको राजधानी हेटौंडास्थित हेटौंडा अस्पतालको नवनिर्मित भवनको आज उद्घाटन गरेकी छन्। हेटौंडामा आयोजित समारोहमा उनले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत रहेको उक्त भवन उद्घाटन गरेकी हुन्।

सत्तरी शय्या क्षमता रहेको सो भवन ४३ करोड रुपैयाँको लागतमा निर्माण भएको हो। अस्पतालको नवनिर्मित भवनबाट आजैदेखि स्वास्थ्य सेवा सुरु भइसकेको छ। मकवानपुरको हेटौंडामा रहेको यो मुलकुकै पुरानो अस्पतालमध्ये पर्छ। नयाँ र पुरानो गरी उक्त अस्पतालको बिरामी भर्ना क्षमता हाल दुई सय शय्या पुगेको छ।

सो अस्पतालमा हाल ३८ विशेषज्ञ चिकित्सक, ५० मेडिकल अधिकृत, स्वास्थ्यकर्मी तथा कर्मचारीसहित तीन सय ८७ जना कार्यरत रहेको बताइएको छ। हाल अस्पतालमा २४सै घण्टा सीटी स्क्यान, सघन उपचार कक्ष र प्याथोलोजी सेवा उपलव्ध छ। अस्पतालमा एमआरआई, बालबालिकाका लागि एनआईसीयू सेवा उपलब्ध छ भने पीआईसीयू सेवा थप गर्ने तयारी भइरहेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार तथा हेटौंडा अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष राजेश प्रसाईंले जानकारी दिए।

नयाँ भवन निमार्णसँगै हेटौंडा अस्पतालले आफनो सेवा र जनशक्ति थप गरी गुणस्तरीय उपचार दिने उनले बताए। अस्पतालबाट हाल दैनिक सात सय ५० जनाले बहिरंग सेवा प्राप्त गरिरहेका अस्पताल व्यवस्थापनले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर