नेपाली समाजमा छाडा संस्कृति हाबी भइरहेको छ : संस्कृतिविद् डा. जगमान गुरुङ

संस्कृतिविद् डा. जगमान गुरुङले नेपाली समाज विकृतिले भरिन थालेको बताएका छन्। मंगलबार काठमाडौंमा आयोजित दोलखाको चरणावती तीर्थबारे छलफल कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

उनले नेपाली समाज विकृत रूपमा अघि बढिरहेकाले समाजलाई सच्याएर अघि बढाउनुपर्ने अवस्था रहेको बताए। उनले नेपालीहरूले पुरानो संस्कृति र संस्कार बिर्सिसकेकाले यसलाई पुनः उजागर र प्रवर्द्धन गर्न आवश्यक रहेको बताए।

संस्कृतिविद् गुरुङले नेपाली समाजलाई विदेशीहरूले हेर्न आउने लायक बनाउनुपर्नेमा जोड दिए। उनले नेपालको राजनीतिक वर्गले नेपाली मानिसहरूको दिमागको सही सदुपयोग गर्न नसकेको बताए। उनले नेपाली समाजमा छाडा संस्कृति हाबी भइरहेको बताए।

सम्पूर्ण शास्त्रहरू गौरीशंकर हिमालबाट उत्पत्ति भएकाले गौरीशंकर हिमालको प्रचार गर्न आवश्यक रहेको उनले बताए। उनले कालिन्चोकलाई शक्तिकेन्द्रको रूपमा स्थापित गर्नुपर्ने बताए।

उनले कालिन्चोक, चरणावती तीर्थ, दोलखा भीमसेन र गौरीशंकर हिमाल र च्छो रोल्पा हिमालको प्रचारप्रसार गर्न सके मानसरोवर र कैलाश जाने तीर्थयात्री गौरीशंकर र च्छो रोल्पामा आउने बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर