चितवनमा गैंडाको आक्रमणबाट एक जनाको मृत्यु

पूर्वी चितवनमा गैंडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। रत्ननगर नगरपालिका वडा नम्बर ९ का ६० वर्षीय चन्द्रबहादुर तामाङको मृत्यु भएको हो।

चितवन राष्ट्रिय निकुञ्जका अनुसार म‌ंगलबार बिहान बाटोमा हिँड्ने क्रममा रत्ननगर-९ लालपर्सा नजिक उनलाई गैंडाले आक्रमण गरेको हो।

बिहान ६ बजे तामाङ मृतावस्थामा भेटिएको र घटनाको प्रकृति एवं चोट हेर्दा गैंडाको आक्रमण गरेको देखिएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले बताए।

चालु आर्थिक वर्षमा वन्यजन्तुको आक्रमणबाट चितवनमा ५ जनाले ज्यान गुमाएका छन्। ज्यान गुमाउनेमा बाघको आक्रमणबाट एक , हात्तीको आक्रमणबाट एक र गैंडाको आक्रमणबाट तीन रहेको उनले बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर