काठमाडौं महानगरपालिकाले थप पीडा दिएको भूमिहीनहरूको गुनासो

भूमिहीनहरूले काठमाडौं महानगरपालिकाले आफूहरूलाई थप पीडा दिएको गुनासो गरेका छन् । विश्व सामाजिक न्याय दिवसको अवसर पारेर सोमबार काठमाडौंमा आयोजित ‘सामाजिक न्याय संवाद शृंखला’ कार्यक्रममा बोल्दै पीडित जानुका पोखरेललगायतले आफूहरूको बस्तीमा डोजर आतंक फैल्याएर काठमाडौं महानगरपालिकाले झनै पीडा दिएको बताएका हुन् ।

काठमाडौंको थापाथलीस्थित सुकुम्बासी बस्तीमा बस्दै आएकी पोखरेलले खाना, छाना र नानाको अभावमा रहेका आफूहरूलाई काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले झनै उठिबास लगाउन खोजेको भन्दै आक्रोश व्यक्त गरिन् । उनले आफूहरूमाथि अन्याय नगर्न पनि काठमाडौं महानगरपालिका र संघीय सरकारलाई आग्रह गरिन् । गरिबको पक्षमा सबै तहका सरकारले काम गर्नुपर्नेमा दुःख दिएको उनको दुखेको छ ।

यता काठमाडौं उपत्यका विकास प्राधिकरणका विकास आयुक्त नवराज प्याकुरेलले भने भूमिहीनहरूको समस्या समाधानका लागि आफूहरू सम्बन्धित पक्षसँग सहकार्य गरेर अघि बढ्न लागिपरेको दबी गरे । उनले त्यसका लागि ठोस योजना ल्याउन स्थानीय सरकार र संघीय सरकारको ध्यानाकर्षणसमेत गराए । विकास आयुक्त प्याकुरेलले काठमाडौं उपत्यकाभित्र सामाजिक न्याय स्थापित हुनेगरी पीडितहरूको माग सम्बोधन गराउने काममा आफूहरू लागिपरेको पनि बताए ।

काठमाडौं उपत्यका विकास प्राधिकरणले सबैको बस्न पाउने अधिकारलाई सुनिश्चित गर्न आफ्नो तर्फबाट सक्दो पहल गरिरहेको पनि विकास आयुक्त प्याकुरेलले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *