शंकराचार्य निश्चलानन्द सरस्वतीलाई नागरिक अभिनन्दन

महाशिवरात्रिको अवसरमा पशुपति क्षेत्र विकास कोषको निमन्त्रणमा काठमाडौँ आएका जगन्नाथपुरीस्थित गोवद्र्धन मठका शङ्कराचार्य निश्चलानन्द सरस्वतीको आज नागरिक अभिनन्दन गरिएको छ । पूर्वीय दर्शन एवं वैदिक गणितका ज्ञाता शङ्कराचार्य निश्चलानन्द सरस्वतीलाई आज कोषका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधानले अभिनन्नदनपत्र हस्तान्तरण गरेका हुन् । कार्यक्रममा शङ्कराचार्य निश्चलानन्द सरस्वतीले कोषले प्रकाशन गरेको लिङ्ग पुराणको नेपाली अनुवादको पनि लोकार्पण गरे । पुराण पशुपतिनाथको पश्चिम मूलढोकास्थित कोषको बिक्री कक्षबाट बिक्री वितरण हुने जनाइएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै शङ्कराचार्य सरस्वतीले वैदिक सनातन धर्मको रक्षाका लागि आफू नेपाल आएको बताए । मानिस भौतिकतामा मात्र रुमलिँदा दुःखी भएकाले आध्यात्मिक साधना एवं अभ्यास गरेर खुसी हुन सक्ने बाटोको पनि अवलम्बन गर्न उनले भक्तजनलाई सुझाव दिए । फागुन ४ गते नेपाल आएका उनी सोमबार काठमाडौँबाट बनारस जाने शङ्कराचार्य मठले जनाएको छ ।

उनले आज बेलुकी नेपाल भारत मैत्री पशुपति धर्मशालामा भक्तजनको जिज्ञासाको जवाफ दिनुहने कार्यक्रम रहेको मठले जनाएको छ । उनले फागुन ५ गतेदेखि नै बेलुकी भक्तजनका जिज्ञासाको जवाफ दिँदै आएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *