विश्वकप क्रिकेट लिग-२ : दीपेन्द्र र कुशलको अर्धशतकमा नेपालको लगातार दोस्रो जित

दीपेन्द्र सिंह ऐरी र कुशल मल्लले अर्धशतकीय पारी खेलेपछि शुक्रवार नेपालले राधानीमा जारी आईसीसी विश्वकप क्रिकेट लिग–२ त्रिकोणात्मक श्रृंखला अन्तर्गत स्कटल्याण्डविरुद्धको पहिलो खेलमा ३ विकेटको जित सहज जित निकालेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा शुक्रवार सम्पन्न खेलमा दीपेन्द्र र कुशलले मध्यक्रमा सम्हालिएको प्रदर्शन गरेपछि जारी श्रृंखलामा लागातार दोस्रो जित निकालेको हो । स्कटल्याण्डले दिएको २ सय ७५ रनको लक्ष्य नेपालले ३ ओभर बाँकी रहँदा भेटाउन सफल भएको हो । यस जितसँगै नेपालले एक दिवसीय क्रिकेटमा दोस्रो ठूलो रनको लक्ष्य पूरा गरेको छ । यस अघि यसै श्रृंखलामा नामिबियाले दिएको २ सय ८६ रनको लक्ष्य पूरा गरेको थियो ।

नामिबिया बिरुद्धको खेलमा शतकीय पारी र अनुभवि बलर बिना उत्रिएको स्टाल्याण्डलाई विजेता बनिसकेको स्कटल्याण्डलाई पराजित गर्ने क्रममा नेपालले ४७ ओभरमा ७ विकेट गुमाएर पूरा गरेको हो । नेपालका लागि ओपनर कुशल भुर्तेलले ४ चौकासहित ८ बलमा १६ रन बनाउँदा अर्का ओपनर आसिफ शेखले १४ बलमा ९ रन बनाउँदै पवेलियन फकिएका थिए । ज्ञानेन्द्र मल्ल ३ बलमा ४ रन बनाएर आउट हुँदा कप्तान रोहितकुमार पौडेलले १० बलमा ६ रन बनाए । कप्तान रोहित ६ रनमा आउट भएपछि मैदान आएका कुशल मल्लले सम्हालिएको प्रदर्शन गरे । उनले ६७ बलमा ९ चौका र ४ छक्काको सहयोगमा ८१ रन बनाए । एकदिवसीय अन्तराष्ट्रियमा कुशलले बनाएको सर्वाधिक धेरै रन हो । यस्तै सन्दीप जोराले ५ रन बनाउँदा दीपेन्द्र सिंह ऐरीले १ सय १६ बलमा अविजित ८५ रनको पारी खेले । दीपेन्द्रको एकदिवसीय अन्तर्राष्ट्रियमा यो दोस्रो अर्धशतक हो भने विश्वकप लिग–२ मा भने दीपेन्द्रको पहिलो अर्धशतक हो । गुल्सन झाले १७ रन बनाउँदा सोमपाल कामी ३२ बल खेल्दै २४ रनमा अविजित रहे । छैटौं विकेटका लागि कुशलले दीपेन्द्रसँग मिलेर १ सय रनको साझेदारी गरेका थिए । दीपेन्द्र र सोमपालले आठौं विकेटका लागि अविजित ५५ रनको साझेदारी गरेका थिए । बलिङतर्फ स्कटल्यान्डका क्रिस सोल र मार्क वाटले समान ३/३ विकेट लिए । स्कटल्याण्डले २८ रन अतिरिक्त स्वरुप दिएको थियो ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भ्रमणकारी टोली स्कटल्याण्डले पूरै ५० ओभर खेलेर ९ विकेटको क्षतिमा २ सय ७४ रन बनाएको थियो । स्काटल्याण्डका लागि माईकल लिस्क १ सय ७ रनमा अविजित रहे । ८५ बलको सामना गरेका उनले ३ चौका तथा ९ छक्का प्रहार गरेका थिए । एक दिवसीय खेलमा ८५ रन उच्च स्कोरलाई उनले सुधार गरेका हुन भने डेब्युट्यान्ट ज्याक जार्किभले २६ रन बनाउने क्रममा दीपेन्द्र बलमा बोल्ड भए । ब्राण्डन म्याकमुलान र क्रिटोफर म्याकमुलनले समान २२/२२ तथा टोमस म्याकिन्टोस १९ र मार्क वाटले २० रन बनाउने क्रममा रन आउट भए । कप्तान रिचि बेरिङ्गटनको नाममा १९ रन रहँदा क्रिस ग्रेभले १६ रन बनाए । सातौं विकेटका लागि माईकल लिग्स र ज्याक जार्भिसले ८१ रनको साझेदारी गरेका थिए । बलिङतर्फ नेपालका लागि सन्दीप लामिछानेले १० ओभरमा २७ रन खर्चिएर ३ विकेट विकेट निकाल्दा कुशल मल्लले २ तथा सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी र कुशल भुर्तेलले समान १/१ विकेट लिए । खेलमा दीपेन्द्र सिंह ऐरी प्लेयर अफ दि म्याच घोषित भए ।

यस खेलसँगै विश्वकप लिग–२ तालिकामा नेपालले २६ खेलबाट २२ अंक बनाएको छ । नेपाल छैटौं स्थानमा यथावत रहँदा स्कटल्याण्डले ३४ खेलमा २३ मा जित र ९ मा हार भोगेको छ । स्कटल्याण्ड ४८ अंकका साथ शीर्ष स्थानमा रहँदा श्रृंखलाका तीन खेल आगावै विश्वकप लिग–२ को च्याम्पियन भइसकेको छ । स्कटल्याण्डले बुधवार भएको खेलमा नामिबियामाथि १० विकेट जित निकाल्दा च्याम्पियन भएको थियो ।

श्रृंखलामा शनिवार नेपाल र नामिबियाबीच खेल हुनेछ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर