सहायक मन्त्री नेतृत्वको चिनियाँ प्रतिनिधिमण्डल नेपाल आउँदै
५ फागुन २०७९ १४:००
चिनियाँ सहायक मन्त्री सिन वाओनको नेतृत्वमा चिनियाँ नेताहरूको एक टोली नेपाल भ्रमणमा आउने भएको छ। उनीहरू फागुन ९ गते काठमाडौं ओर्लिने बताइएको छ।
चिनियाँ टोली दुई दिन काठमाडौंमा रहनेछ। चिनियाँ नेताहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’सहित दलका नेताहरूला भेट्ने कार्यक्रम तय हुँदैछ।
भारतीय र अमेरिकन उच्च अधिकारीहरूले नेपाल भ्रमण गरेलगत्तै चिनियाँ नेताहरू काठमाडौं आउन लागेका हुन्।
यही फागुन २५ गते राष्ट्रपतिको निर्वाचन हुने तय भएसँगै विदेशी शक्ति राष्ट्रका प्रतिनिधिहरूको काठमाडौं आउजाउ बाक्लिएको छ।
प्रतिक्रिया