कृषि विकास बैंकको सीईओका लागि ५ जनाको नाम ‘सर्ट लिस्ट’

कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा पाँच जना लिस्टमा परेका छन्। उक्त पदमा २२ जनाले खुला प्रतिस्पर्धात्मक प्रतियोगिताबाट पदपूर्ति गर्नका लागि आवेदन दिएका थिए। जसमध्ये ५ जनाको नाम सर्ट लिष्टमा परेको हो।

बैंकको सञ्चालक समितिको बैठकको निर्णयअनुसार उम्मेदवारहरूको शैक्षिक योग्यता, अनुभव, उल्लेखनीय कार्य तथा व्यवसायिक कार्ययोजनाको मूल्यांकन गरी वर्णानुक्रमअनुसार उक्त ५ उम्मेदवारहरू सर्ट लिस्टमा छनोट भएका हुन्।

यसरी सर्ट लिस्टमा पर्नेहरूमा क्रमशः गोविन्द गुरुङ, प्रताप सुवेदी, यज्ञप्रसाद न्यौपाने, बद्री गुरागाईं र विष्णुदेव यादव रहेका छन्। उनीहरूको शनिबार अन्तर्वार्ता लिइने सूचनामा उल्लेख छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *