
अनेरास्ववियुको अध्यक्षमा समिक बडाल


नेकपा (एमाले) निकट अनेरास्ववियुको २३औं राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा समिक बडाल निर्वाचित भएका छन्।
आज बिहान सम्पन्न मतमणनाको परिणामअनुसार निकटम प्रतिस्पर्धी आरसी लामिछानेलाई पराजित गर्दै बडाल अध्यक्षमा निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत कुमारप्रसाद खकुरेलले जानकारी दिए। बडालले नौ सय ६२ तथा लामिछानेले तीन सय ५६ मत प्राप्त गरे।
यस्तै उपाध्यक्षमा गोविन्द गिरी (७६३ मत), नारायण घर्ती (७५१), मर्यादा विष्ट (६७५) र धर्म गिरी (५०१ मत) निर्वाचित भएका छन्। महासचिवमा नरेश रोकाया सात सय ३३ मत प्राप्त गरी विजय भएका छन्। यस्तै सचिवमा सञ्जीव धिताल, सुजन कडरिया, प्रकाश पौडेल, दिपेश प्रसार्इं, अञ्जना सिवाकोटी, आरती भट्टराई र विनिता काफ्ले तथा कोषाध्यक्षमा संगम अर्याल निर्वाचित भएका छन्।
अधिकृत खकुरेलका अनुसार मतदान ४२ विद्युतीय मेसिनबाट गरिएको थियो। निर्वाचनबाट आगामी दुई वर्षका लागि १७ पदाधिकारीसहित १९९ सदस्यीय केन्द्रीय कमिटी र तीन आयोग (अनुशासन, लेखा र निर्वाचन) मा १५ जनाको दरले पदाधिकारी निर्वाचित भएका छन्। महाविधेशनमा एक हजार पाँच सय ८८ प्रतिनिधि सहभागी थिए।
- नेपाल सदैव आतंकवादको विपक्षमा छ : परराष्ट्रमन्त्री
- ‘ट्रेडमार्क र पेटेन्टको मुद्दामा आउने विवादबारे सरकारले विशेष कानुनी व्यवस्था गर्नुपर्छ’
- एमाले सांसदलाई ओलीको निर्देशन- विधेयक जसो पायो त्यसै पारित हुन नदिनुस्
- देउवाजीले सरकार ढल्दैन भनेपछि पुर्पुरोमा हात लगाएर खुई गर्दै बसेका छन् : प्रधानमन्त्री ओली
प्रतिक्रिया