दाङमा ग्यास सिलिण्डर विस्फोट हुँदा दुई जना घाइते

दाङको तुलसीपुर उपमहानगरपालिका-१६ लहलौरामा आज खाना पकाउने ग्यास सिलिण्डर विस्फोट हुँदा दुई जना घाइते भएका छन् । घाइते हुनेमा तुलसीपुर उपमहानगरपालिका-१६ लहलौराका ५० वर्षीया कुसुम केसी र चितवन जिल्ला भरतपुर महानगरपालिका-५ घर भई हाल तुलसीपुर-१६ मा बस्दै आएका २९ वर्षीय आशिष खनाल रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

तुलसीपुर-१६ मा रहेको कृषि बीउ उत्पादन कम्पनीमा खाना पकाउने क्रममा सिलिण्डर ग्यास विस्फोट हुँदा केसीको कम्मरमुनिको भाग जलेको छ भने खनालको दुवै हात र खुट्टा जलेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवं प्रहरी नायव उपरीक्षक पुष्पराज मल्लले जानकारी दिए ।

दुवै जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज पठाइएको छ । घाइतेमध्ये कुसुमको अवस्था गम्भीर रहेको छ भने आशिषको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *