विश्वकप क्रिकेट लिग-२

कुशलकाे शतकसँगै नामिबियामाथि नेपालको ऐतिहासिक जित

विश्वकप क्रिकेट  लिग-२ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपालले नामिबियालाई हराउँदै सुखद सुरुवात गरेको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा नेपाल, स्कटल्यान्ड र नामिबियाबीचको त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपालले नामिबियालाई २ विकेटले हराउँदै सानदार सुरुवात गरेको हो।

टस हारेर ब्याटिङमा उत्रिएको नामिबियाले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै २८५ रन बनाएको थियो।

नामिबियाका लागि शतकीय पारि खेल्दै मिचेल भान लिन्गेनले सर्वाधिक १ सय ३३ रन बनाए। त्यस्तै कप्तान गेहर्राड इरसमसले ५६ रन बनाउँदा जेन ग्रीनले ३४ रन बनाए।

बलिङतर्फ नेपालका करण केसीले सर्वाधिक ५ विकेट लिँदा सन्दीप लामिछानेले ३ तथा कुशल मल्ल र सोमपाल कामीले समान १ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको नेपालले भुर्तेलको शतकीय पारिको सहायतामा ४७.४ ओभरमा ८ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो। नेपालका लागि कुशल भुर्तेलले ११३ बलमा १० चौका र ४ छक्काको सहायतामा ११५ रन बनाए।

त्यस्तै कप्तान रोहित पौडेलले ७२ रन बनाउँदा सन्दिप जोराले २८, ज्ञानेन्द्र मल्लले २५ तथा करण केसीले अविजित २० रन बनाए।

रोहित र कुशलले नामिबियाविरुद्धको खेलमा १३३ रनको साझेदारी गरे। यो नेपाली क्रिकेट टोलीकोतर्फबाट एकदिवसीय क्रिकेटमा सबैभन्दा ठूलो साझेदारी हो।

एकदिवसीय क्रिकेटमा नामिबियामाथि नेपालको यो पहिलो जित हो। यसअघि नेपालले नामिबियासँग ४ खेल खेलेकोमा कुनै पनि खेलमा जित निकाल्न सकेको थिएन। जितसँगै २५ खेलबाट २० अंक जोडेको नेपाल अंकतालिकाको छैटौँ स्थानमा कायम छ।

नेपालले अर्को खेलमा शुक्रवार स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर