एकीकृत समाजवादीका अध्यक्ष नेपाल र भारतीय विदेशसचिव क्वात्राबीच भेटवार्ता
२ फागुन २०७९ १२:४५
भारतीय विदेशसचिव विनयमोहन क्वात्राले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसँग भेट गरेका छन्।
मंगलबार बिहान अध्यक्ष नेपालको कोटेश्वरस्थित निवासमा उनीहरूबीच भेटवार्ता भएको हो।
भेटमा दुई देशको सम्बन्ध, आपसी हित र सहकार्यका विविध विषयमा छलफल भएको थियो।
यसअघि उनले आजै नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेटवार्ता गरेका थिए।
सोमबार नेपाल आएका सचिव क्वात्रा नेपालको औपचारिक दुई दिने भ्रमण सकेर आज स्वदेश फर्कने छन्।
- प्रधानमन्त्रीको आसन्न चीन भ्रमणबारे देउवा- चीन हाम्रो मित्र राष्ट्र हो, त्यहाँ किन नजाने ?
- राहदानी विभागले भन्यो- सेवा पूर्णरुपमा सञ्चालन हुन अझै २ साता लाग्छ
- पत्र नबुझेपछि एमालेलाई महानगरले पठायो हुलाक र इमेलबाट जरिवाना पत्र
- चीन भ्रमणबारे पूर्व प्रधानमन्त्री र पूर्व परराष्ट्रमन्त्रीसँग प्रधानमन्त्री ओलीको छलफल
प्रतिक्रिया