रक्षामन्त्री उप्रेती र भारतीय समकक्षी सिंहबीच भेटवार्ता, सैन्य सहकार्यबारे छलफल

रक्षामन्त्री हरिप्रसाद उप्रेतीले भारतीय समकक्षी राजनाथ सिंहसँग भेटवार्ता गरेका छन्।

भारतको बैंग्लोर कर्नाटकामा आजदेखि सुरु भएको ‘एरो इण्डिया, २०२३’ र ‘स्पिड-डिफेन्स मिनिस्टर्स कन्क्लेभ, २०२३’को १४औं संस्करणमा रक्षामन्त्री उप्रेतीले भारतीय रक्षामन्त्री सिंहलाई भेटेका हुन्।

भेटमा दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउनेबारे छलफल भएको बताइएको छ। उनीहरूबीच सैनिक सहकार्य गर्ने विषयमा पनि छलफल भएको छ।

भारत सरकारको निम्तोमा उनी आइतबार त्यसतर्फ प्रस्थान गरेका थिए।

मन्त्री उप्रेतीका साथ नेपाली सेनाका बलाधिकृत रथी सरोजप्रताप राणा र मन्त्रालयका सहसचिव बाबुराम अधिकारी सहभागी छन्।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *