
प्रधानमन्त्री प्रचण्ड र इजिप्टकी राजदूतबीच भेटवार्ता


प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि अरब गणतन्त्र इजिप्टकी राजदूत नोहा हाम्दी अहमद इल्जेबालीले शिष्टाचार भेट गरेकी छन्।
आइतबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राजदूत नोहाले प्रधानमन्त्री प्रचण्डसँग शिष्टाचार भेट गरेकी हुन्।
उनीहरूबीच दुई देशबीचको दौत्य सम्बन्ध र बहुपक्षीय सहयोग आदानप्रदानबारे छलफल भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ।
प्रतिक्रिया