कराँते प्रतियोगितामा पुलिसलाई सर्वाधिक १० स्वर्ण

विभागीय टोली नेपाल पुलिस क्लवकी सुनिता महर्जनले ६८ केजी मुनिको तौल समूह र ६७ केजी तौल समूहमा नेपाल पुलिसका नविन रसाईलीले शनिवार आ–आफ्नो स्पर्धामा स्वर्ण पदक जितेका छन् ।

ललितपुरस्थित सातदोबाटाको कराँते एकेडेमीको हलमा शनिवार सम्पन्न दोस्रो कृष्णप्रसाद भट्टराई स्मृति कराते प्रतियोगिता अन्तर्गत ६८ केजी मुनिको तौल समूहको फाइनल खेलमा १३ औं दक्षिण एशियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता सुनिताले स्वर्ण पदक जितेकी हुन् । उनले फाइनलमा वागमती प्रदेशकी विनिता श्रेष्ठलाई ९–१ ले पराजित गरिन् । त्यसअघि सेमिफाइनलमा सुनिताले एपिएफकी डाएनलाई ५–३ र विनिताले मधेश प्रदेशकी मोनिकालाई ८–० ले हराउँदै उपाधि भिडन्त पक्का गरेका थिए । डाएना र मोनिकाले काँस्य पदक प्राप्त गरेका छन् । यस इभेन्टमा ७ प्रदेश र तीन विभागका गरी कुल १० खेलाडीबीच प्रतिष्पर्धा भएको थियो ।

यता ५५ केजी तौल समूहको प्रतिष्पर्धामा एपिएफ क्लवकी मनिषा चौधरीले स्वर्ण पदक जितेकी छिन् । शनिवार भएको तेस्रो फाइनलमा वर्षा बुढा मगरलाई ७–५ ले हराउँदै मनिषाले एपिएफका लागि चौथो स्वर्ण पदक दिलाएकी हुन् । यसअघि भएको सेमिफाइनलमा मनिषाले आर्मीकी शारदा सुनारलाई हान्सुकोका आधारमा र वर्षाले प्रदेश १ कि विद्याकला राईलाई ८–० ले हराउँदै फाइनलमा भेट पक्का गरेका थिए । मनिषा र विद्याकलाले भने काँस्य प्राप्त गरे ।

प्रतियोगिता अन्तर्गत शनिवार नै भएको ६७ केजी तौल समूहको खेलमा नेपाल पुलिसका नविन रसाईलीले त्रिभुवन आर्मीका सन्नी चौलागाईंलाई पराजित गर्दै स्वर्ण पदक जिते । यससँगै उनले पुलिसका लागि दशौं स्वर्ण दिलाउन सफल भएका हुन् । शनिवार भएको दोस्रो फाइनलमा त्रिभुवन आर्मी क्लवका सन्नी चौलागाई ९ –१ ले हराउँदै नविनले स्वर्ण पदक जितेका हुन् । त्यसअघि सेमिफाइनलमा नविनले वागमतीका निमा शेर्पालाई ९–३ ले र सन्नीले एपिएफका प्रतिक घर्तीमगरलाई हराउँदै स्वर्ण पदक भिडन्त पक्का गरेका थिए । कुल १० खेलाडीले सहभागिता जनाएको यस स्पर्धामा निमा र प्रतिकले कास्य प्राप्त गरे । यस्तै ८५ केजी मुनिको तौल समूहको प्रतिस्पर्धामा एपिएफका मोहमद शेखुले स्वर्ण पदक जित्न सफल भए । शेखुले गण्डकी प्रदेशका विशाल थापा मगरलाई ३–१ ले हराउँदै स्वर्ण पदक जितेका हुन् भने विशालले रजत पदकमा चित्त बुझाए ।

त्यसअघि सेमिफाइनलमा मोहमद शेखुुले पुलिसका स्वीकार राईलाई १२–४ र विशालले आर्मीका निकेश मानन्धरलाई १०–८ स्तब्ध बनाउँदै फाइनलमा स्थान बनाएका थिए । उता ८४ केजी माथिको प्रतिष्पर्धामा पुलिसका विप्लवलाल श्रेष्ठले स्वर्ण पदक निकाल्दा एपिएफका तेन्जिङ शेर्पाले रजत पदकमा चिक्त बुझाए । यस्तै लुम्बिनीका नारायणराज गुरुङ र आर्मीका विपिनराज सिंह दर्जीले कास्य पदक पाए । यस्तै ७५ केजी तौल समूहको प्रतिष्पर्धामा एपिएफका सुुवास घतानीले स्वर्ण पदक जितेका छन् । उनले गण्डकी प्रदेशका सजोल बुढाथोकीलाई ६–४ ले हराउँदै सुवासले स्वर्ण पदक जितेका हुन् । रुरिहाङ र सजोलले काँस्य पदक प्राप्त गरे ।

यससँगै प्रतियोगितामा सबै पदकको छिनोफानो लागेको छ । प्रतियोगितामा १७ इभेन्ट्समध्ये नेपाल पुलिस क्लवले सर्वाधिक १० स्वर्ण जित्न सफल भयो । यस्तै एपिएफले ६ स्वर्ण जित्दा आर्मीले एक स्वर्ण पदक निकाल्यो । प्रतियोगितामा विजयी खेलाडीलाई नेपाली काँग्रेसका युवा नेता गगन कुमार थापाले पुरस्कार वितरण गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर