सरकारले नेपाली सफ्टवेयर क्षेत्रलाई उद्योगको रूपमा विकास गर्नुपर्छ : अध्यक्ष पोद्दार

कम्प्युटर एशोसिएशन महासंघ (क्यान)का अध्यक्ष रञ्जितकुमार पोद्दारले सरकारले नेपाली सफ्टवेयर क्षेत्रलाई उद्योगको रूपमा विकास गर्नुपर्ने बताएका छन्। अध्यक्ष पोद्दारले न्यूज एजेन्सी नेपालसँग काठमाडौंको भृकुटीमण्डपमा गत मंगलबारदेखि माघ २९ गतेसम्म चल्ने क्यान इनफोटेक बारेमा जानकारी दिँदै यस्तो बताएका हुन्।

नेपालमा ४ सय कर्मचारी राखेर नेपालमा नै नयाँ नयाँ सफ्टवयेर निर्माण गर्ने उदेश्यले कम्पनीहरू अगाडि आएकाले सरकारले उद्योगको रूपमा विकास गर्न आवश्यक रहेको बताए। उनले क्यान सरकारसँग सफ्टवयेरका लागि विदेशी भन्दा मेक इन नेपाललाई प्रमुख प्राथमिकता दिन माग गर्दै आएको बताए।

उनले सरकारसँग क्यानले सूचना प्रविधिको क्षेत्रमा गर्ने कामको विषयमा सधैँ सहकार्य गर्दै आएको र आगामी दिनमा पनि सहकार्यको निरन्तरता चाहेको बताए। उनले सरकारले उद्योगको रूपमा सूचना प्रविधिको क्षेत्रलाई विकास गर्नसके नेपालबाट विदेशमा जाने विदेशी मुद्रा नेपालमा नै बस्ने मात्रै नभएर विदेशबाट नेपालमा विदेशी मुद्रा भित्र्याउन सकिने बताए।

उनले आइतबारसम्म चल्ने क्यान इन्फोटेकमा आगामी दिनमा आवश्यक सूचना प्रविधिको ज्ञान लिन सकिने बताए। उनले क्यानले गर्ने हेरक वर्षको मेलामा नयाँनयाँ प्रविधिको जानकारी दिने गरी स्टलहरू राख्ने गरेको भन्दै यो वर्ष पनि त्यही अनुसार फरक स्टलहरू राखिएको बताए।

उनले विश्व बजारमा भित्रिएका नयाँनयाँ प्रविधिका विषयमा जनाकारी र अवलोकन मेलामा गर्न सकिने बताए। अध्यक्ष पोद्दारले मेलमा सबै उमेर समूहको लागि आवश्यक टेक्नोलोजीको विषयमा जानकारी लिन सकिने बताए।

उनले मेलामा सहभागिता भएका कम्पनीहरू व्यापार प्रवर्द्धन गर्न र व्यापार गर्नका लागि स्टल राखेको बताए। उनले मेलामा सबै ब्राण्डिङ टाइपले बसेको भन्दै अवलोकनकर्ताहरूले मेला अवलोकन गर्न आउँदा किन्न नपाउने भन्ने माग रहेकाले सामान बेच्नको लागि छुट्टै स्टलको व्यवस्था गरेको बताए।

उनले सफ्टवयेर कम्पनी र आईटी कलेजहरूको पनि स्टल रहेको उनीहरू बेच्नको लागि नभएर भोलिको व्यापारको लागि बसेको पनि बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *