वैकल्पिक राजनीतिक दल बनाइसकेपछि रवीन्द्र मिश्रलाई बोलाउँछौं : समीक्षा बास्कोटा

विवेकशील साझा पार्टीकी अध्यक्ष समीक्षा बास्कोटाले आफ्नो पार्टीलाई राप्रपाकरण गर्न खोज्नेबाट बचाएर महाधिवेशन गर्न सफल भएको बताएकी छन्। शुक्रबार पार्टीको पहिलो महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन्।

अध्यक्ष बास्कोटाले पार्टीका पूर्वअध्यक्ष एवं राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रप्रति लक्षित गर्दै पार्टी नै सिध्याएर राप्रपाकरण गर्न खोजे पनि आफूलगायतका नेताहरूले पार्टी बचाउँदै निर्वाचन लडेर देखाएको बताइन्र उनले विवेकशील साझा पार्टीका नेताहरू अधिकांश दलहरूमा अहिले रहेको भन्दै आफ्नो पार्टीले नेताहरू उत्पादन गरिरहेको बताइन्।

उनले पार्टीमा पूर्वअध्यक्षलाई गाली गर्ने आवाज उठेको भए पनि महाधिवेशन गर्नु नै रवीन्द्र मिश्रका लागि गतिलो झापड भएको बताउइन्। महाधिवेशनबाट उठेर विवेकशील साझाले वैकल्पिक साझा राजनीतिक दल स्थापित गरेसँगै नेता मिश्रलाई पुनः पार्टीमा आउन चाहे बोलाउने गरी पार्टी अघि बढ्ने बताइन्।

अध्यक्ष बास्कोटाले विवेकशील साझा पार्टी आफैँले बनाउने उद्घोष गर्दै कुनै पनि सेलिब्रेटी पार्टी बनाउन आउनु नपर्ने बताइन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर