
बालुवाटारमा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक जारी

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ।
बैठकमा एमाले अध्यक्ष ओलीसहित प्रधानमन्त्रीसमेत रहेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अध्यक्ष रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन सहभागी छन्। सरकारबाट बाहिरिसकेको रास्वपाले समर्थन भने कायमै राखेको छ।
यसअघि बिहीबार नै बस्ने भनिएको बैठक अन्तिम समयमा आएर स्थगित भएको थियो। संयन्त्रको बैठक स्थगित गरेर प्रचण्ड र ओलीबीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भेटवार्ता भएको थियो।
प्रतिक्रिया