कराँते च्याम्पियनसिप : पुरुष टिम कातामा एपीएफ च्याम्पियन

दोस्रो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराँते प्रतियोगिताअन्तर्गत बिहीबार भएको महिला एकल कातामा नेपाल पुलिसकी चन्चला दनुवार र पुरुषतर्फ एपीएफका सोनिम मानन्धरले स्वर्ण पदक जितेका छन् ।

ललितपुरस्थित सातदोबाटेको कराते हलमा भएको प्रतियोगिता बिहीबार भएको महिलातर्फको कातामा चन्चलाले कर्णाली प्रदेशकी एलिशा रासकोटीले पछि पार्दै स्वर्ण पदक जितेकी हुन् । यसै स्पर्धामा वाग्मती प्रदेशकी मिरा खाती र प्रदेश १ की रोश्मा राईले कास्य पदक जिते । पुरुषतर्फ सोनिम मानन्धरले पुलिसका महशुस मोक्तानलाई पछि पार्दै स्वर्ण पदकत जितेका हुन् । यसै स्पर्धामा मधेस प्रदेशका रेहान जाभेद र त्रिभुवन आर्मीका विनय लिम्बूले कास्य पदक निकाले ।

यस्तै टिम कातामा एपीएफले स्वर्ण पदक जितेको छ । फाइनलमा एपीएफले नेपाल पुलिस क्लवलाई हराउँदै एपिएफले स्वर्ण पदक जितेको हो । फाइनलमा एपीएफले २४.३६ अंक र पुलिसले २३.८२ अंक जोडेको थियो । त्रिभुवन आर्मी क्लब र प्रदेश १ ले कास्य पदकमा चित्त बुझाए । टिम इभेन्टमा ९ टोलीको सहभागिता थियो ।

गोदावारी नगरपालिकाद्वारा आयोजित कृष्णप्रसाद भट्टराई खेल महोत्सव–२०७९ अन्तर्गत नेपाल कराँते महासंघ जिल्ला प्रमुख डोजो ललितपुरले सञ्चालन गर्ने राष्ट्रिय कराँते प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ । माघ २८ गतेसम्म चलने प्रतियोगितामा १७ वटा इभेन्ट्समा प्रतिस्पर्धा हुनेछ । पहिलो हुने प्रत्येक खेलाडीहरुलाई स्वर्ण पदक सहित स्पोर्टस ब्राण्डको गिफ्ट भौचर प्राप्त गरिनेछ । दोस्रो र तेस्रो हुनेहरुले पदक र प्रमाण पत्र प्राप्त गर्नेछन् । प्रतियोगिताका उत्कृष्ट १ महिला र १ पुरुष खेलाडीले नगद पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताको च्याम्पियन टोलीले ट्रफिसहित १ लाख र दोस्रो हुने टोलीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगितामा ७ प्रदेश तथा ३ विभागका खेलाडीको सहभागिता रहेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर