नेपाली खलेकुद क्षेत्रलाई विस्तार र व्यवस्थित गर्न आवश्यक : कांग्रेस उपसभापति खड्का
नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले नेपाली खलेकुद क्षेत्रलाई बिस्तार र व्यवस्थित बनाउन आवश्यक रहेको बताएका छन्।
बिहीबार गोदावरी नगरपालिकाद्वारा आयोजित कृष्णप्रसाद भट्टराई खेलकुद महोत्सव–२०७९, दोस्रो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिता कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
उनले नेपालले कराँते खेलको क्षेत्रमा पनि उल्लेख्य प्रगति गरिरहेको बताए। उनले नेपाली खेलाडीहरुले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक, रजत पदक, काँस्य पदक प्राप्त गरेर नेपालको गौरव बढाउनुका साथै खेल क्षेत्रलाई पनि उचाईमा पु¥याएको बताए।
उपसभापति खड्काले खेलकुदको विकासका लागि, खेलाडीहरुको उन्नति र प्रगतिका लागि सबै राजनीतिक दलहरु एकतावद्ध भएर अघि बढ्न आवश्यक रहेको बताए। उनले नेपालको खेलकुद जगतको विस्तार गर्न र खेलाडीहरु बढी प्रतिस्पर्धी रुपमा अघि बढाउन हौसला प्रदान गर्न सहयोग र सद्भावका कार्यहरुमा राज्यको तर्फबाट र राजनीतिक दल र राजनीतिक नेतृत्वको तर्फबाट आवश्यक पहल गर्ने प्रतिवद्धता जनाए।
उपसभापति खड्काले नेपालको राजनीतिक इतिहासलाई जीवित बनाउन स्व.कृष्णप्रसाद भट्टराईको स्मृतिमा यस प्रकारका खेलकुद प्रतियोगिता हुनुले नेता भट्टराईको खेल जगतसँगको सामीप्यतालाई उजागर भएको बताए।
प्रतिक्रिया